अस्ट्रेलियामा जारी अस्ट्रेलिया र भारतबीच शुक्रबारदेखि शुरु भएको चौथो तथा निर्णयाक टेस्ट क्रिकेट खेल रोमाञ्चक मोडमा पुगेको छ ।
भारतले पहिलो इनिङमा ३३६ रन बनाएर अलआउट भएको छ । भारतका लागि वासिङटन सुन्दरले ६२ तथा शार्दुल ठाकुरले ६७ रनको महत्वपूर्ण पाली खेले । यस्तै भारतका लागि रोहित शर्माले ४४, चेतेश्वर पुजाराले २५, कप्तान अजिन्क्य रहाणेले ३७, रिषभ पन्तले २३ रन बनाएका थिए ।
भारतलाई सस्तोमै समेट्ने क्रममा अस्ट्रेलियाली बलरहरु जस हेजलवुडले ५, मिचेल स्टार्क र प्याट कमिन्सले २–२ र नाथन लायनले १ विकेट लिएका थिए ।
यसअघि शुक्रबार टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ रन बनाएको थियो ।
दोस्रो इनिङ शुरु गरिसकेको अस्ट्रेलियाले तेस्रो दिनको खेल समाप्त हुँदा विना विकेट २१ रन बनाएको छ । क्रिजमा डेभिड वार्नर २० र मार्कस ह्यारिस १ रन बनाएर खेल्दैछन् ।
प्रतिक्रिया