Logo

युभेन्ट्स इन्टर मिलानसँग पराजित



इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत साविक विजेता युभेन्ट्स इन्टर मिलानसँग पराजित भएको छ । 

इन्टरको घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको हो ।

 

इन्टरलाई जित दिलाउन अर्टुरो भिडाल र निकोलो बारेल्लाले समान एक एक गोल गरे ।

इन्टरले खेलको १२ औं मिनेटमा भिडालको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफमा १ शुन्यले पछि परेको युभेन्टसले दोस्रो हाफको ५२ औं मिनेटमा पुन गोल खान पुग्यो । इन्टरका लागि दोस्रो गोल निकोलोले गरे ।

जितसंगै इन्टरले ४० अंक जोडेको छ भने शीर्ष स्थानको मिलानसँग अंक बराबरी गरेको छ । पराजित युभेन्ट्स ३३ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । 

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार  ११ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।