इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल र म्यानचेस्टर युनाइटेडले बराबरी खेल्दै अंक बाडेका छन् ।
लिभरपुलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेलेका हुन्।
घरेलु टोली लिभरपुलले बल पोजिसनमा पकड बनाएपनि गोल गर्न भने चुकेको थियो । त्यस्तै युनाइटेडले पनि केही गोलको अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न भने सकेन र खेल बराबरीमा टुंगियो ।
बराबरीसंगै लिग लिडर युनाइटेडले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ । त्यस्तै लिभरपुल तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया