आफूले उत्पादन गरेको उखुको भुक्तानी नलगी नफर्किने अडानका साथ काठमाडौंमा आएर प्रदर्शन गरेका उखु किसानहरुलाई यसपाली पनि भुक्याईएको छ । चिनी उद्योगीहरुबा आफूहरुले पाउँनु पर्ने भन्दै काठमाडौमा आएर आन्दोलन गरेका उखु किसानहरुलाई २१ दिनभत्रि बक्यौता दिलाईदिने भन्दै सरकारले गरेको सम्झौताको अवधि सकिएपनि किसानले बाँकी रहेको बक्यौता भुक्तानी नपाएपछि झुक्याईएका हुन् ।र
चिनी मिलबाट पाउनुपर्ने रकम भुक्तानीको माग राख्दै गत मंसिर २८ गतेबाट आन्दोलन सुरु गरेका उखु किसानले पुस १३ गते सरकारसँग ४ बुँदे सम्झौता गरेका थिए । उद्योग मन्त्रालयका प्रतिनिधि र किसानबीच भएको उक्त सम्झौतामा चिनी उद्योगीले किसानलाई २१ दिनभित्र सबै रकम तिरिसक्नुपर्ने सहमति भएको थियो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयको पहलमा उखु किसान र चिनी मिलका सञ्चालकहरुकाबीच भएको सम्झौता बमोजिम मन्त्रालयले उपलब्ध गराएको आइतबारसम्मको बक्यौता भुक्तानी विवरण अनुसार चिनी उद्योगले किसानको सबै रकम तिरेका छैनन् ।
मन्त्रालय श्रोतका अनुसार पछिल्लोपटक चिनी उद्योगीहरुले अधिकांश किसानहरुको रकम भुक्तानी गरेका छैनन् । यद्यपी चार वटा उद्योगबाट करिब ५४ करोड रुपैयाँ रकम भने उखु किसानको खातामा गईसकेको छ । अझै पनि तिर्न बाँकी नै रहेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार उखु किसानलाई ३५ करोड रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको श्रीराम सुगर मिलले आइतबारसम्ममा ३१ करोड रुपैयाँ तिरेको देखिएको छ भने अझै ४ करोड बढी तिर्न बाँकी छ । त्यस्तै, ३० करोड रुपैयाँ तिर्न बाँकी रहेको अन्नपूर्ण सुगर मिलले १३ करोड रुपैयाँ, १० करोड ७४ लाख रुपैयाँ बराबर तिर्न बाँकी रहेको लुम्बिनी सुगर मिलले ८ करोड रुपैयाँ र ४ करोड ७० लाख रुपैयाँ बराबर बक्यौता रहेको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँ बराबरमात्रै भुक्तानी दिएको देखिएको छ ।
उखु किसानले चिनी उद्योगीहरुबाट कति रकम पाउन बाँकी छ भन्ने विषयमा उखु किसान संघर्ष समिति र उद्योग मन्त्रालयको तथ्यांकमा पनि निकै फरक देखिएको छ । संघर्ष समितिले ९० करोड बढी बक्यौता रहेको बताउँदै आएको छ भने मन्त्रालयले ७६ करोड रुपैयाँ बराबर मात्रै रहेको तथ्यांक दिने गरेको छ ।
प्रतिक्रिया