Logo

अष्ट्रेलियाद्वारा भारतलाई ३ सय २८ रनको लक्ष्य प्रस्तुत



घरेलु टिम अष्ट्रेलियाले चौथो तथा निर्णायक टेस्टमा भारतलाई जितका लागि ३ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमाबर चौंथो दिन बिर्स्बेनमा अष्ट्रेलियाले दोस्रो इनिङ्समा २ सय ९४ रन जोड्दा सबै विकेट गुमाएपछि भारतले ३ सय २८ रनको लक्ष्य पाएको हो ।

अस्ट्रेलियाका लागि दोस्रो इनिङ्समा स्टिभ स्मिथले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दा  ओपनर डेभिड वार्नर ४८ र मर्कुस ह्यारिसले ३८ रन बनाए । त्यस्तै मार्नुस लेबुसचेनले २५ रन बनाए । कप्तान टिम पेन २७,  क्यामरुन ग्रीन ३७ र प्याट कुमिंस २८ रनमा अविजित रहे । 

भारतका मोहमद सिराजले पाँच, शार्दुल ठाकुरले चार र वासिंटन सुन्दरले एक विकेट लिए । 

भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ३६ रन बनाएको थियो । भारतका शार्दुल ठाकुर र वासिंटन सुन्दरले अर्धशतकीय इनिङ्स खेल्दै ६७ र ६२ रन बनाएका थिए । यस्तै ऋषब पन्तले २३ रन जोड्दा मयंक अग्रवाल ३८ र चेतेस्व्रर पुजराले २५ रन बनाए । रोहित शर्माले ४४ र कप्तान अजिन्का रहाने ३७ रन बनाए ।

अष्ट्रेलियाका जोश हाजलउडले ५ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो । आईसीसी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको ४ खेलको सिरिज १-१ को बराबरीमा रहेको छ ।

३ सय २८ रनको जबाफी ब्याटिङमा उत्रेको भारतले बिना विकेटको क्षतिमा ४ रन जोडेको छ । ओपनर रोहित शर्मा र शुभम् गिल  क्रिजमा रहेका छन । अहिले बर्षाले खेल रोकिएको छ । 

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार  १२ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।