Logo

पानीमा  डुबिरहेको अवस्थामा मृत फेला



सुनसरीको रामधुनी नगरपालिका-६ का १९ बर्षीय सुन्दर देवान बराहक्षेत्र नगरपालिका-४ सर्दुखोलामा मृत अवस्थामा फेला परेका छन् ।

मोरङको बिराटनगर घर भई बिगत ६ बर्ष देखि रामधुनी बस्दै आएका देवान आईतवार अपरान्ह साँढे ४ बजेको समयमा उक्त खोलामा मृत अवस्थामा रहेको भनी खबर प्राप्त भए संगै प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले देवानलाई मृत अवस्थामा फेला पारेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : माघ ५, २०७७ सोमबार  १ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।