Logo

निजी आवास ८५ प्रतिशत सम्पन्न



विसं २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्याएका  निजी आवास मध्ये ८५ प्रतिशत निर्माण सम्पन्न भएको छ । जिल्लाका ५८ हजार ३८८ निजी आवास क्षति भएको थियो । सरकारी कार्यालय, सार्वजानिक भवन बाहेक निजी आवासको लागि हालसम्म १८ खर्ब ५३ करोड १४ लाख ५० हजार खर्च भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

विनासकारी भूकम्पले  जिल्लामा १६० को निधन भएको थियो । भूकम्पमा ६०३ सख्त घाइते भएका थिए । भूकम्पले करिव ४१ अर्ब ७९ करोड, ८१ लाख १४ हजार, ६१४ बराबरको क्षति एकाइका निमित्त प्रमुख टीकाप्रसाद जोशीले जानकारी दिए ।

भूकम्पबाट जिल्लामा एक लाख १९ हजार ९६१ पुरुष र एक लाख १९ हजार ७७९ महिला  प्राभावित  भएका थिए ।  हालसम्म पुनःनिर्माण लाभग्राही ७० हजार ८८९  र रेट्रोफिटिङ लाभग्राही दुई हजार ६६८ मध्ये ६७ हजार २३० ले अनुदान सम्झौता गरिसकेका छन् । 

तीन हजार ३२७ जानको अनुदान सम्झौता हुन बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइका निमित प्रमुख जोशीले जानकारी दिए । भूकम्पपीडितमध्ये  पहिलो किस्ता ६९ हजार ५५१ जनाले दोस्रो किस्ता ६४ हजार ९५  र तेस्रो किस्ता ६१ हजार ७९३ ले लिएका छन् । जिल्लामा  अनुदान फिर्ता गर्ने लाभग्राही १३५  रहेका छन् । 

पुनरावेदन दर्ता गर्ने लाभग्राही चार हजार १७  र  जोखिम वर्गका लाभग्राही एक हजार १५१   रहेका छन् । स्थानीय सरकार बनेपछि  भूकम्पपीडितले धेरै राहत पाएका छन् । भवन निमार्णपछि सरल र सहजरुपमा  पहिलो दोस्रो, तेस्रो किस्ता लिन जनप्रतिधिले सहयोग गरेको   भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दीपक घनुकेले जानकारी दिए। 

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १४:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।