Logo

श्रीलंकाको मध्यम सुरुवात



श्रीलंकामा जारी श्रीलंका-इंग्ल्याण्डको टेस्ट सिरिज अन्तर्गतको दोस्रो टेस्ट खेलमा घरेलु टोली श्रीलंकाले मध्यम सुरुवात गरेको छ ।

श्रीलंकाको घरेलु मैदान गालेमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो दिनको दोस्रो सत्रको खेल चलिरहंदा ३ विकेट खर्चेर ८३ रनमा खेलिरहेको छ । ओपनर कुशल परेरालाई सुरुमै गुमाएको श्रीलंकाले लहिरु थिरुमानेको ४३ रनको मद्दतमा खेलमा समाल्लिदै ब्याटिङ गरेको थियो ।

कप्तान दिनेश चंदिमल र एञ्जलो म्याथुज क्रमश: ६ र २७ रनमा खेलिरहेका छन् ।

इंग्ल्याण्डका लागि तीनै विकेट तीब्र गतिका बलर जेम्स एन्डरसनले लिएका हुन् ।

यसअघि भएको पहिलो टेस्ट खेलमा इंग्ल्याण्ड ७ विकेटले बिजयी भएको थियो । 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।