Logo

बंगलादेश बिरुद्द वेस्ट ईनन्डिजको कमजोर प्रदर्शन, १४९ रनको झिनो लक्ष्य



पाहुना टोली वेस्ट ईनन्डिजले घरेलु टोली बंगलादेश बिरुद्द कम्जोर पर्दशन गर्दै १४९ रनको झिनो लक्ष्य दिएको छ । 

आइसीसी विश्व क्रिकेट सुपर लिग अन्तर्गत बंगलादेश भ्रमणमा रहेको वेस्ट ईनन्डिजले एकदिवसीय क्रिकेटमा पहिला ब्याटिङ गर्दै मात्र १४८ रन जोड्न सक्यो ।  

बंगलादेशको घरेलु मैदान श्री बंगला राष्ट्रिय स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेकोवेस्ट ईनन्डिजले  निर्धारित ५० ओभरको खेलमा ४३.४ ओभरमा सबै विकेट गुमाउदै १४८ रनमा सीमित रह्यो । वेस्ट ईनन्डिजका लागि रोभमान पावेलले सर्बाधिक ४१ रनको पारी खेले, त्यस्तै अन्य ब्याट्सम्यानहरु कजेर्न ओट्ले २४, कुर्मर बोनर २०, एल्जेरी जोसेफ १७ र अकेल हुसेनले १२ रनको इनिंग खेले । वेस्ट ईनन्डिजका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकको रन बनाउन नसक्दा सस्तैमा समेटिन पुगेको हो ।  

वेस्ट ईनन्डिजलाई कम रनमा समेट्न बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक चार विकेट लिए । त्यस्तै अन्य बलरहरु रुबेल हुसेनले तीन, सकिब अल हसनले दुई र मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

अबको केहीबेरमा बंगलादेश जबाफी ब्याटिङमा उत्रदै छ ।  

 

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार १४:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।