Logo

सन्दीपले दुई विकेट लिएको खेलमा होबार्ट पराजित



नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उनी आबद्ध टोली होबार्ट हुरिकेन्स २२ रनले पराजित भएको छ । अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा लामिछानेले पर्थ स्कर्चर्सविरुद्धको खेलमा दुई विकेट लिएका हुन् ।

टस जितेर ब्याटिङ गरेको पर्थले २० ओभरमा आठ विकेट गुमाएर १७९ रन बनायो । होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १५७ रन मात्र बनाउन सक्यो ।

होबार्टका लागि लामिछानेले चार ओभरमा २७ रन खर्चिए । उनले यसक्रममा एक छक्का र एक चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए। लामिछानेले पर्थका ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई २६ रनमा तथा मिचेल मार्सलाई सात रनमा पेभेलियन फर्काए।

यसअघिका दुई खेलमा उनी लगातार विकेटविहीन बनेका थिए । उनले बिग बासमा हालसम्म छ खेलमा छ विकेट लिनुभएको छ । लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २३ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ । 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार १०:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।