Logo

समाचार

भारत र चीनका सैनिकबीच सिक्किम क्षेत्रमा झडप, २४ सैनिक घाइते 



भारतीय सेना र चीनियाँ सेनाबीच फेरि झडप भएको छ । सिक्किमको नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप भएको हो ।

सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘उत्तर सिक्किमको नाकुला क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच जनवरी २० मा झडप भएको थियो । अहिले स्थिति सामान्य छ ।’ चिनियाँ सेना एक साताअघि भारतीय भूभागभित्र प्रवेश गरेको र उनीहरुलाई सो स्थानबाट हटाउन भारतीय सेना सफल भएको भारतीय पक्षको दाबी छ ।

२० जनवरीमा घटेको घटनाको जानकारी सेनाले सोमबार दिएको हो । समाचार एजेन्सी एपीएफले झडपमा दुवै पक्षका सैनिकहरू घाइते भएको उल्लेख गरेको छ । यद्यपी सेनाले भने यसबारेमा जानकारी दिएको छैन । चिनियाँ सैनिकहरूले उत्तर सिक्किमको नकुला सीमा पार गर्ने क्रममा झडप भएको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार झडपमा २० चिनियाँ सैनिक र चार भारतीय सैनिक घाइते भएका छन् । लद्दाख नजिक विगत कयौँ महिनादेखि जारी सीमा विवाद सुल्झाउन गएको आइतबार माल्दो इलाकामा कमान्डर स्तरको ९औँ चरणको छलफल सकिएको छ । तर त्यहाँ झडप रोकिएको छैन, पटकपटक भइरहेको छ । यसअघिको झडपमा २० भारतीय सैनिक मारिएका थिए ।

 

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  २ : १३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।