Logo

प्रधानमन्त्री कप: पहिलो सेमीफाइनलमा पुलिसलाई एपीएफको प्रतिस्पर्धात्मक लक्ष्य



प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको चौथो संस्करण अन्तर्गत आज पहिलो सेमीफाइनलमा खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २ सय ४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

बुधबार काठमाडौँको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरको खेलमा नौं विकेट गुमाउदै २ सयस ३ रन बनाउन सफल रह्यो । खराब सुरुवात गरेको एपिएफले १३ रन जोड्दा पहिलो विकेट गुमाएसँगै खेलमा सन्तुलन गुमाएको थियो । लगातार विकेट गुमाएको एपीएफका लागि शरद भेस्वाकर र शंकर रानाले केही सम्हालेर खेलेपछि खेलले गति लियो । एपिएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए । त्यस्तै, भुवन कार्की ४२,सन्दिप जोरा ३४ कप्तान शरद भेस्वाकर १८ तथा ओपनर सुवास खकुरेलर कमल सिंह ऐरीले समान १९/१९ रनको योगदान दिए भने अन्तिममा अविनाश बोहोराले ११ रन बनाए।    

एपीएफलाई सस्तैमा समेट्न पुलिसका अरिफ सेखले १० ओभर बलिङ गर्दै एक मेडन ओभर गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीर ललित राजबंशीले २, तथा सागर ढकाल र रशिद खानको नाममा समान एक/एक विकेट रह्यो ।

अबको केहीबेरमा पुलिस जवाफी ब्याटिङमा उत्रदै छ ।  

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार  १२ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।