चर्चित गायिका रचना रिमाल र गायक भविन ढुङ्गानाको स्वरमा नयाँ गीत आँखा झिमिक्क कति धेरै राम्री हो रिलिज गरिएको छ । लिरिकल भिडियोको रुपमा गायक भविन ढुङ्गानाको युटुब च्यानलमाफर्त सार्वजनिक गरिएको गीतको शब्द तथा सङ्गीत उत्तम कार्कीको रहेको छ ।
कुशल सिंहको सङ्गीत संयोजन रहेको गीत आर्टमान्डू स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको हो। रमाइलो पाराको गीतलाई चांडै नै म्युजिक भिडियोको रुपमा समेत ल्याउने संगीतकार तथा गीतकार उत्तम कार्कीले बताए । कविता तथा गीत लेखनमा सक्रिय कार्कीले पहिलोपल्ट आफ्नो गीत रेकर्ड गराएका हुन्।
प्रतिक्रिया