Logo

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ



बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-५ बस्ने ४१ वर्षीया मञ्जुदेबी भन्ने अम्बिका खटुवाल डाँगी र सोही ठाउँ बस्ने ४७ वर्षीय बम बहादुर डाँगी रहेका छन् ।

जिल्ला अदालत मोरङको २०७० चैत्र ९ गतेको फैसलाले बहुबिवाह मुद्दामा उनीहरुलाई जनही १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रकाशित मिति : माघ १४, २०७७ बुधबार  १ : २४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।