बार्सिलोनाका कप्तान लियोनल मेस्सी थप एक सिजन बार्सिलोनामै बस्ने भएका छन् । सर्वकालीन सर्बाधिक गोलकर्ता मेस्सीले क्लब छाड्न चाहेको बताएको दश दिनपछि आफू बार्सिनोना मै बस्ने बताएका हुन् ।
बार्सिलोना र ला–लिगाले कुनै पनि क्लबले ७ सय मिलियन यूरोको क्लज नतिरी मेस्सीलाई भित्राउन नपाउने बताएसँगै मेस्सी थप एक सिजनका लागि बार्सिलोनामै बस्न लागेका हुन् ।
मेसीले गत मंगलबार आफ्नो सम्झौतामा भएको सित्तैमा क्लब छोड्न पाउने क्लजको प्रयोग गर्न चाहेका थिए । तर, बार्सिलोना र ला–लिगाले उनले क्लब छोड्न चाहे ७ सय मिलियन को रिलिज क्लज तिरे मात्र छोड्न सक्ने बताएका थिए ।
मेस्सीले भनेका छन्, ‘मैले सित्तैमा क्लब छोड्न पाउँछु भन्नेमा विश्वस्त थिए । मलाई सँधै अध्यक्षले सिजनको समाप्तीमा निर्णय लिन सक्ने बताउँदै आएका थिए । तर, अहिले उनीहरू जुन १० अगाडिको कुरा गरिरहेका छन् ।’
उक्त समयमा आफूहरु ला लिगाको उपाधिका लागि भिडिरहेका कारण भन्न नसकेको बताउँदै मेस्सीले भने, ‘तर, अब त्यो समय गइसक्यो, म छोड्न सक्दिन ।’
प्रतिक्रिया