Logo

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड हार्यो, आर्सनलको दोस्रो जित



 इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको गएरातिको खेलमा दुई खेल भएका छन् । जसअन्तर्गत भएको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। प्रमियर लिगको आफ्नो पहिलो खेलमै उसले पराजय भोग्नु परेको हो ।

म्यान्चेष्टर युनाइटेडललाई क्रिस्टल प्यालेसले १ का बिरुद्ध ३ गोल गर्दै पराजित गरेको हो । प्यालेसलाई जिताउन टाउनसेन्डले खेलको सातौं मिनेटमा पहलो गोल गरेका थिए भने जाहाले ७४ मिनेटमा गोल गर्न सफल भएका थिए । उनले पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै दोब्बकर गोल गर्ने अवसर चुकाएनन् ।

त्यस्तै म्यान्चेष्टर युनाइटेडको तर्फबाट ८० औं मिनेटमा भान डे वीकले १ गोल गरेका थिए । त्यसपछि क्रिस्टल प्यालेसलका जाहाले ८५ औं मिनेटमा पुन अर्को गोल गरे । यो सँगै म्यान्चेष्टरका बिरुद्ध क्रिस्टलले सहज जित निकाल्न सफल भयो ।

यसैबीच गएराति नै भएको खेलमा आर्सनल बिजयी भएको छ । आफ्नो दोस्रो खेलमा पनि बिजयी प्राप्त गरेको आर्सनलले वेस्टह्याम युनाइटेडलाई १ का बिरुद्ध २ गोल गरेको थियो । आर्सनलले खेलको २५ औं मिनेटमा पहिलो गोल गरेको थियो । उसका लागि लाकाजेटीले गोल गरका थिए । प्रतिस्पर्धामक बनेको खेलमा ४५ औं मिनेटमा वेस्टह्यामले बराबरी गोल फर्कायो उसका लागि एन्टोनियोले गोल गरेका थिए । तर खेलको ८५ औं मिनेटमा आर्सनलका एनकेटियाले थप अर्को गोल गरेका थिए ।

यसअघि आर्सनलले पहिलो खेलमा फुलहममाथि ३(० को सहज जित निकालेको थियो । यो जितसँगै आर्सनल ६ अंक जोड्दै दोस्रो स्थानमा पुगेको छ । वेस्टह्यामले अंकको खाता खोल्न सकेको छैन । ६ अंक जोडेको एभर्टन शीर्षस्थानमा छ ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  ९ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।