Logo

मिलानले पिसामाथी ७-० गोलको फराकिलो जित



इटालियन सिरी ए क्लब इन्टर मिलानले पिसामाथी शानदार किलो जित निकालेको छ । शनिबार राति भएको मैत्रिपूर्ण खेलमा मिलानले पिसामाथी ७(० गोलको फराकिलो जित निकालेको हो ।

मिलानलाई  शानदार जित दिलाउनको लागि  अर्जेन्टिनी स्ट्राइकर लउटारो मार्टिनेजको ह्याट्रिक गरे ।  रोमेलु लुकाकु, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिकसन र एन्रिकले समान एकरएक गोल गरे ।

खेलको पाँचौ मिनेटमा लुकाकुले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ११ औं मिनेटमा  गाग्लियार्डिनीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको पाँच मिनेट नबित्दै मार्टिनेजले गोल गर्दै मिलानलाई ३(० को अग्रता दिलाए । उनले रोबर्टो गाग्लियार्डिनीको पासमा गोल गरेका थिए ।

२० औं मिनेटमा एरिकसनले गोल गरे । उनले हाकिमीको पासमा गोल गर्दै मिलानलाई ४(० ले अगाडि बढाए । ४० औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गरे । त्यसको तीन मिनेट नबित्दै मार्टिनेजले गोल गर्दै ह्याट्रिक गरे । उनले हाकिमीको पासामा गोल गर्दै पहिलो हाफमा ह्याट्रिक पूरा गरेका थिए ।

पहिलो हाफमा ६(० को अग्रता बनाएको मिलानले दोस्रो हाफमा थप एक गोल गर्यो । ७४ औं मिनेटमा एन्रिकले गोल गर्दै मिलानलाई ७(० गोलको फराकिलो जित दिलाए ।

प्रकाशित मिति : आश्विन ४, २०७७ आईतबार  ९ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।