Logo

गायक बिजय बिष्टको ‘के नै गल्ती’ सार्वजनिक ( भिडियो सहित )



पछिल्लो समयमा केही डान्सिंग रमाईला गीतहरु चलिरहेको बेला एउटा फरक धारको गीत  “ के नै गल्ती “ को भिडियो सार्वजनिक भएको छ ।
गीतकार नवराज कालिकोटेको सरल र मिठास शब्द संयोजनले भरिएको “ के नै गल्ती “ नामक गीत मा बिजय आफैले स्वर  र संगीत भरेका छन भने संगीत सम्योजन  अमृत ल्वागुनले गरेका छन ।

शब्द लेखन सरल भए पनि गीतको संगीत र संगीत सम्योजन  पक्षले गीतलाई निकै  मार्मिक बनाएको छ । नवराज कालिकोटे संगीतिक क्षेत्रमा त्यति  सुनिएको नाम त हैन तर पनि  उनको सानै देखिको  यो क्षेत्र प्रति को माया र झूकाब ले आज उनिभित्र  भएको कलाकारितालाई यही गीत मार्फ़त सम्पूर्ण माझ प्रसट्याऊन सफल भएका छन् ।
 
दिपेन भट्ट दक्षको निर्देशन तथा फराज अर्पणले छायाँकन गरेको यस गीतको भिडियोमा स्वयम् नवराज कालिकोटे र  सुजिता रसाइलीको  साथमा बिनोद केसी  को पनि  अभिनय रहेको छ । भिडियोमा गीतको भावअनुसार नव प्रतिभा भएता पनि नवराज , सुनिता  र बिनोदले  न्याय दिएका छन् । एक्का कम्पनी नामक यूटूब च्यानल मार्फत गीत सार्वजनिक  भईसकेको छ । 

प्रकाशित मिति : माघ १८, २०७७ सोमबार  १० : २३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।