Logo

लिभरपुलको सहज जित



इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित दर्ता गरेको छ । 

आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई उसकै घरेलु मैदानमा ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलका लागि मोहमद सलाहले दुई गोल र  जर्जिनियो विज्नाल्डमले एक गोल थपे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।

त्यस्तै, खेलको ६८ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । खेलको ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले एक गोल फर्काए । 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १०:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।