Logo

नुवाकोटमा ओली समूह र प्रचण्ड–नेपाल समूहबीच झडप, तीन जना घाइते



नुवाकोटमा नेकपा ओली समूह र पुष्प कमल दाहाल ‘प्रचण्ड’–माधव कुमार नेपाल समूहबीच झडप भएको छ ।  झडपमा प्रचण्ड –नेपाल समूहका तीनजना कार्यकर्ता सामान्य घाइते भएका छन् ।

केहिबेर अघि प्रचण्ड नेपाल समूहका कार्यकर्ताहरुले बट्टार क्याम्पस अगाडि कालोझण्डा देखाइ उपप्रधानमन्त्री चढेको गाडीमा ढुंगामुडा गरेपछि दुबै पक्षबीच झडप भएको थियो । आन्दोलनकारीले सडकमा टायर बालेर केपी ओली मुर्दाबादका नारा लगाएका थिए । 

ओली समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट पुगेका थिए ।

त्यस्तै उपप्रधानमन्त्री पोखरेल चढेको गाडी नुवाकोटमा तोडफोड पनि भएको छ । प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो झण्डा देखाउने क्रममा पोखरेलको गाडी तोडफोड भएकाे हाे ।

गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–माधव समुहले काठमाडौं लगायत देशका विभिन्न ठाउँमा दैनिक रुपमा विरोध कार्यक्रम गर्दै आइरहेका छन् ।

 

प्रकाशित मिति : माघ १९, २०७७ सोमबार  १२ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।