भारतमा आर्थिक वर्ष सन् २०२१/०२२ का लागि रक्षा बजेटमा अत्याधिक वृद्धि गरिएको छ । रक्षा शीर्षकमा बजेट अत्याधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सीतारमणलाई धन्यवाद दिएका छन् ।
अर्थमन्त्री सीतारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेकी छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सबैभन्दा धेरै भएको बताइएको छ । अधिकारीहरूका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४।७१ लाख करोड भारतीय रुपैयाँ छुट्याइएको थियो ।
अर्थमन्त्री सीतारमणले सोमबार भारतको केन्द्रीय सरकारको वार्षिक बजेट घोषणा गरेकी थिइन्। भारतको यस बर्षको बजेट ४.७८ लाख करोडको छ । ‘अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्षाका लागि १९ प्रतिशत बजेट वृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सबैभन्दा धेरै हो,’ रक्षामन्त्री सिंहले भने ।
पछिल्लो समय भारतको छिमेकी चीनसँग सीमा क्षेत्रमा तनाव चुलिएको छ । पूर्वी र पश्चिम दुबै सेक्टरमा चिनियाँ सेनासँग भारतीय सेनाबीच बेलाबेलामा झडप भइरहेका छन् । चीनले पनि आफ्नो रक्षा बजेट वर्षेनी बढाउँदै लगेको छ ।
प्रतिक्रिया