Logo

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीब्र



सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको तयारी तीब्र पारिएको छ । आयोजक भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन १ गते शनिवार आयोजना हुने १५ औं संस्करणको ४२.१९५ कि.मी. पुरुष र २१ कि.मी. महिला हाफ म्याराथन प्रतियोगिताको तयारीलाई तिब्र पारिएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ्गले जानकारी दिए ।

प्रतियोगितालाई सफल पार्न विभिन्न संघ संस्थाहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । महिला हाफ म्याराथन भने यसबर्षदेखि समावेश गरिएको हो । देशका विभिन्न स्थानहरुबाट धावकहरुले सहभागीताका लागी नाम दर्ता गरेको मञ्चको भनाई छ । विगतका बर्षहरुमा विदेशी धावकहरुको सहभागिता रहँदै आएकोमा यसपटक पनि पत्रचार गरिएको तर कोरोनाका कारण विदेशी धावकहरुको सहभागीता रहने वा नरहने अझै एकिन हुन नसकेको मञ्चले बताएको छ ।

प्रतियोगिताको निरन्तरता नै मुख्य प्राथमिकता भएको मञ्चका अध्यक्ष गुरुङ्गले बताए । म्याराथनलाई सफल बनाउन विभिन्न १९ सदस्यीय उपसमिति समेत गठन गरिएको छ । दौड पोखरा रंगशालाबाट सुरु भई पोखराका विभिन्न स्थान परिक्रमा गरि पुनः पोखरा रंगशालामा नै आएर समापन हुने छ । १४ औं संस्करणको म्याराथनको उपाधि जापनिज धावक ताकाना शिरोसुकीले जितेका थिए ।

पुरुष म्याराथन विजेताले रु.२ लाख र उपविजेताले १ लाख प्राप्त गर्ने छन् । त्यस्तै महिला हाफ म्याराथन विजेताले रु.१ लाख प्राप्त गर्ने छन् भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् । दृष्टिविहिन पुरुष÷महिला १० कि.मी. पुरुष÷महिला, छात्र÷छात्रा दौड प्रतियोगिता विगतका बर्षहरुमा एकै दिन आयोजना गरिँदै आएकोमा यसपटक भने कोभिड-१९ का कारण सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने भएकाले छुट्टाछुट्टै आयोजना गरिने भएको छ ।

ह्विल चियर महिला÷पुरुष दौड र दृष्टिविहिन महिला÷पुरुष  दौड फागुन २२ गते हुनेछ । त्यस्तै १० कि.मी महिला÷पुरुष चैत्र १४ गते र ५ कि.मी. महिला÷पुरुष आगामी वैशााख ४ गते हुने छ । कोरोना महामारीका कारण यसपटक रन फर फन भने नहुने भएको मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले जानकारी दिए ।

म्याराथन सम्पन्न गर्न ५० लाख खर्च लाग्ने आयोजकको अनुमान छ । म्याथनको मुख्य प्रायोजकमा प्रतिष्ठित औद्योगिक घरना लक्ष्मी ग्रप अन्र्तगत सफल डेरीको उत्पादन सफल दूध रहेको छ । 

 

 

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  ३ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।