Logo

टुटल र पठाओको विरोधमा ट्याक्सी व्यवसायी



काठमाडौँ । काठमाडौंमा ट्याक्सी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै शनिबार ट्याक्सी व्यवसायीहरुले प्रदर्शन गरेका हुन् ।

 नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरेको छ ।

यस्तै,उनीहरुले माघ २२ गते नेकपाको दाहालनेपाल समूहले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न पनि माग गरेका छन् । उनीहरुले कुनै पनि बन्दको नाममा सार्वजनिक यातायातका साधानमाथि तोडफोड र आगजनी बन्द गर्न पनि राजनीतिक दलहरुलाई सचेत गराएका छन् ।

 

प्रकाशित मिति : माघ २३, २०७७ शनिबार  ३ : ४५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।