Logo

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ



आफ्नै छोरा २० वर्षीय सुरेन राई र छिमेकी ३९ वर्षीय राज कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा चैनपुर नगरपालिका-१० हात्तिसुँडे बस्ने ५२ वर्षीय भोलामान राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको क्रममा भोलामानले खुकुरी प्रहार गर्दा उनीहरु घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते दुबै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर पठाइएकोमा थप उपचारको लागि धरान घोपा रिफर गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : माघ २३, २०७७ शनिबार  ४ : ४७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।