इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र एभर्टनले बराबरी खेल्दै अंक बाँडेका छन् ।
युनाईटेडको घरेलु मैदानमा शनिबार रति भएको घरेलु टोलीले २–० को अग्रता र त्यसपछि पनि लिएको अग्रता जोगाउन नसक्दा बराबरीमा चिक्त बुझाउनु परेको हो ।
युनाइटेडका इडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र स्कट म्याकटोमिनेले गोल गर्दा एभर्टनका एब्डुलाए डोयकाउरे, हामेस रोड्रिग्वेज र डोमिनिक काल्भर्ट लेविनले समान एक/एक गोल गरे ।
खेलको २४औं मिनेटमा काभानीको गोलबाट घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो । ४५औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।
पहिलो हाफमा दुई शुन्यले अघि रहेको युनाईटेडले ४९औं मिनेटमा गोल खान पुग्यो । एभर्टनका एब्डुलाए डोउकाउरेले गोल गर्दै खेलमा फर्कने संकेत देखाए । ५२औं मिनेटमा हामेस रोड्रिग्जेवले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
७०औं मिनेटमा लुका साको पासमा स्कट म्याकटोमिनेले गोल गर्दै युनाइटेडलाई पुनः ३–२ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा डोमिनिक काल्भर्ट लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाउदै बराबरीमा लेराए ।
बराबरीपछि युनाएटेडले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी बराबरी गर्ने मौका गुमाएको छ । दोस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ४५ अंक रहेको छ । त्यस्तै, एभर्टन २१ खेलबाट ३७ अंक जोडेर छैटौ स्थानमा रहेको छ ।
प्रतिक्रिया