Logo

स्वास्थ्य वीमा बोर्डले माग्यो ९ अधिकृत



काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य बीमा बोर्ड टेकुले कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ । स्वास्थ्य वीमा बोर्ड टेकुले ९ जना कर्मचारीको दरखास्त आव्हान गरेको हो ।

मंगलबार बोर्डले करार सेवामा ५ जना फार्मेसी अधिकृत र ४ जना  मेडिकल अधिकृत गरी ९ जना कर्मचारीको दरखास्त आह्वान गरेको हो । 

फार्मेसी अधिकृतको लागि एम. फार्म उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा २ वर्षको अनुभव भएको र मेडिकल अधिकृतले एमबिबिएस पास गरी २ वर्षसम्म  काम गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

इच्छुक उम्मेदवारहरूले १५ दिनभित्र आवेदन पेश गर्नुपर्ने बोर्डले  जनाएको छ । 

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ४ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।