Logo

सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा



सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए ।

प्रकाशित मिति : माघ २६, २०७७ मंगलबार  ४ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।