Logo

देशभर १६० जनामा कोरोना संक्रमण, १६५ जना डिस्चार्ज, २ जनाको मृत्यु



काठमाडौं । नेपालमा आज थप १६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा १६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६८ हजार ४३१ पुगेको छ ।

यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै हिजो नेपालमा १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : माघ २६, २०७७ मंगलबार  ४ : ३९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।