Logo

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त



आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । 

अर्थ मन्त्रालय स्रोतकाअनुसार उक्त पदमा मैनालीको नियुक्ति गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । 

यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त थियो । मैनाली यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ५ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।