Logo

बङ्गलादेशमा ८९.९४ प्रतिशत कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त 



काठमाडाैँ । बङ्गलादेशमा चार लाख ८४ हजार ५७३ कोभिड–१९ सङ्क्रमित सङ्क्रमणमुक्त भएका यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले मङ्गलबार जानकारी गराएको छ ।

तथ्याङ्क अनुसार यहाँ कोभिड–१९ सङ्क्रमणपछि १।५३ प्रतिशत व्यक्तिको मृत्यु भएको छ भने ८९।९४ प्रतिशत व्यक्ति निको भएका छन् । 

विगत २४ घण्टामा बङ्लादेशमा सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ३८७ रहेको छ । उक्त अवधिमा आठ सङ्क्रमितको मृत्यु भएको छ ।

बङ्गलादेशमा कूल आठ हजार २२९ व्यक्तिको कोभिड–१९ सङ्क्रमणपछि मृत्यु भएको छ । सरकारी तथ्याङ्क अनुसार एशियाली यस मुलुकमा विगत २४ घण्टामा ६४२ सङ्क्रमणमुक्त भएका छन् । यो अवधिमा १४ हजार ४६८ व्यक्तिको कोभिड–१९ परीक्षण भएको छ ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ७ : ०८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।