विश्वहिन्दु महासंघ समितिको नेपालभित्र रहेको कार्यकारीणी समितिको आकस्मिक बैठकको निर्णयबाट प्रमोद कुमार चौरडियालाई निमित्त अध्यक्षको जिम्मेवारीबाट मुक्त गरिएको छ।
निर्वाचित अध्यक्ष जनरल भरत केसर सिंहको दखद् स्वर्गारोहणपछि चौरडियालाई २०७५ साल साउन २१ गतेको कार्यसम्पादन समितिले निमित्त अध्यक्षमा नियुक्त गरेको थियो।
तर कार्य सम्पादन समितिको सो निर्णय र कार्यदेश भन्दा बाहिर गइ विधान विपरित कार्य गर्दै आएको पाइएकोले उनलाई माघ २६ गतेको बसेको आकस्मिक बैठकको निर्णयबाट पद मुक्त गरिएको छ।
प्रतिक्रिया