Logo

भारत विरुद्दको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्याण्ड बिजयी



भारत भ्रमणमा रहेको इंग्ल्याण्ड पहिलो टेस्ट क्रिकेटमा बिजयी भएको छ । 

चेन्नईमा मंगलबार इंग्ल्याण्डले भारतलाई २ सय २७ रनले पराजित गरेको हो । इंग्ल्याण्डले दिएको ४ सय २० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले १ सय ९२ रन जोड्दा अलआउट भएपछि हार ब्यहोरेको हो । 

भारतका लागि दोस्रो इनिङ्समा कप्तान विराट कोहलीले सर्वाधिक ७२ रन बनाए भने शुबमन गिल ५० रन बनाएर आउट भए ।

त्यस्तै चेतेश्वर पुजारा १५ तथा ओपनर रोहित शर्मा १२ रनमा आउट भए । इंग्ल्याण्डका ज्याक लिचले ४ विकेट लिए भने जेम्स एण्डरसनको नमम ३ विकेट रह्यो ।

त्यसअघि पहिलो इनिङ्समा घरेलु टिम भारतले ३ सय ३७ रन बनाएको थियो । भारतका ऋषव पन्तले ९१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए भने वासिङ्गटन सुन्दरले अविजित ८५ रन जोड्दा चेतेश्वर पुजाराले ७३ रन बनाए । त्यस्तै रविचन्द्र आश्विन ३१ रनमा औअत हुँदा शुबमन गिल २९ रनमा आउट भए ।

इंग्ल्याण्डका डम बेसले ४ विकेट लिए । यस्तै जेम्स एण्डरसन, ज्याक लिच र जोफ्रा आर्चरले २/२ विकेट लिए ।

इंग्ल्याण्डले पहिलो इनिङ्समा भने ५ सय ७८ रनको फराकिलो स्कोर बनाएको थियो । इंग्ल्याण्डका लागि कप्तान जोय रुटले २ सय १८ रनको दोहोरो शतकीय इनिङ्स खेले ।

जितसंगै इंग्ल्याण्डले ४ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

 

प्रकाशित मिति : माघ २८, २०७७ बुधबार  ७ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।