Logo

चैत्र ७ गते काठमाडौंमा दोश्रो १० किलोमिटर दौड आयोजना गरिने



गणेशमान सिंह फाउण्डेशनले चैत्र ७ गते काठमाडौंमा दोश्रो १० किलोमिटर दौड आयोजना गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउण्डेशनको वीर गणेशमान सिंह स्पोर्टस कमिटीले १० किलोमिटर दौडको पुरुष र महिला तर्फको विजेताले ६० हजार रुपैयाँ पाउने जानकारी गराएको हो ।

आयोजकका अनुसार दौड शेर्पा महल दरबारमार्गबाट सुरु भएर, महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, जमल, राजदरबार दक्षिण गेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बाल मन्दिर, पुलिस हेडक्वार्टर दक्षिण गेट, नागपोखरी, जय नेपाल हल हुँदै शेर्पा महलमा नै आएर सकिनेछ ।

प्रतियोगितामा नयाँ रकेर्ड बनाउने खेलाडीले छुट्टै १० हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको पुरुष र महिला बिधाको विजेताले समान ६० हजार पाउनेछन भने दोस्रो हुनेले ३०, तेस्रोले १५ र चौथोले १० हजार रुपैयाँ हात पार्ने कमिटीका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

दौडमा दोश्रो हुनेले ३० हजार, तेश्रोले १५, चौथोले १० र पाचौ हुनेले ५ हजार प्राप्त गर्ने कमिटीले जनाएको छ । त्यसपछि १० औं स्थानसम्मा रहनेले चार हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन । प्रतियोगिताको कुल बजेट करिव १२ लाख रुपैयाँ अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।