Logo

बालिका बलात्कार आरोपमा महिलासहित २ जना पक्राउ



जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले बालिका बलात्कारको आरोपमा एक महिलासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव छन् ।

प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षकी बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौनधन्दामा लगाउने गरेकी थिइन् । खातुन लक्ष्मीनियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको प्रहरीको भनाइ छ । पटक–पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।

प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रबक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार १६:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।