Logo

रुसी खोप स्पुत्निक–भी लाई २६ देशमा अनुमति



मस्को। कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ ।

रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक–भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ । 

“अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक–भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्,” आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक–भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोप अन्तर्गत परेको अधिकारीहरूको भनाइ छ । 

उनीहरूका अनुसार धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुत्निक–भी खोप परेको छ । 

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार १९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।