केही समयको अन्तरालपछि नायिका प्रियंका कार्की म्युजिक भिडियोमा देखिएकी छिन्। प्रियंका फूलभन्दा कोमल बोलको गीतको शानदार म्युजिक भिडियोमा देखिएकी हुन् । म्युजिक भिडियोमा प्रियंका कलाकार विकेश शाहीको जोडी बनेकी छिन्। प्रियंकाले विकेशको जोडी बनेर अनस्क्रिन रोमान्स गरेकी छिन्। यो रोमान्टिक म्युजिक भिडियोमा प्रियंका र विकेशको जोडी सुहाउँदो पनि देखिएको छ। ओमर सुनारको शव्द रचना र संगीत रहेको यो प्रेम गीत उनको साथमा एलिना चौहानले गाएकी छिन्।
म्युजिक भिडियो कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बनेको छ। म्युजिक भिडियोलाई प्रेमिल ढंगले तयार पारेका छन्। म्युजिक भिडियो चन्द्रागिरी हिल्सका विभिन्न स्थानमा छायांकन गरिएको छ। हुस्सो लागेको समयदेखि मौसम खुलेको समयको चन्द्रागिरीसम्मको दृश्य कविराजले भिडियोमा प्रस्तुत गरेका छन्। हेराकुमार शाही (मगचा) द्वारा निर्मित म्युजिक भिडियोमा कोरियोग्राफी राकेश शाहीको रहेको छ। ओएसआर डिजीटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियो कृष्ण पाण्डेको छायांकन, सुशान्त बस्नेतको सम्पादन र श्याम कुँवरको कलरिङमा तयार भएको छ।
प्रतिक्रिया