Logo

समाचार

अफगान-इरान सीमा सहरमा ग्यास ट्यांकर विस्फोट



काबुल: इरानसँगको सीमाक्षेत्रस्थित ग्यास ट्यांकर विस्फोट हुँदा कम्तिमा ६० जना घाइते भएका छन् । अरु धेरै हताहत भएका छन् ।

अफगानिस्तानको सीमा सहर इस्लाम क्वालामा रहेको भन्सारमा शनिबार भएको यस्तो घटनामा उद्वारका लागि सयौँ स्थानीयहरु सहित ठूलो संख्यामा सुरक्षाकर्मीहरु खटाइएका छन् । घाइतेमध्ये १७ जनालाई अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

आगलागीले भन्सार भएको स्थानमाथिको आकासमा धुवाँको मुस्लो उठेको छ । घटनास्थलमा घाइतेको उद्वारका लागि २१ वटा एम्बुलेन्स र २० वटा अग्‍नि नियन्त्रक गाडी खटाइएको पनि बताइएको छ । प्रारम्भिक अनुसन्धान अनुसार ग्यास ट्यांकर विस्फोटका कारण घटना भएको थियो ।

सरकारी अधिकारीहरुका अनुसार घटनाबारे पूर्ण विवरण आइसकेको छैन । कतिपय तेलका ट्यांकर चालकहरुको अवस्था के छ भन्नेबारे अधिकारीहरु अनविज्ञ नै छन् । उनीहरुमध्ये केही भागेर बाँच्न सफल भए वा भएनन् भन्नेबारे खोजी भइरहेको छ ।

हेरत प्रान्तका गभर्नर वहिद कतालीले छिमेकी इरानका अधिकारीहरु र नाटोका सुरक्षाकर्मीहरुलाई आगो निभाउन तथा आपतकालीन उद्वारका लागि सहयोग मागिएको जानकारी दिए । आगोले गर्दा हेरत प्रान्तका अधिकांश सहरमा हाल विद्युत संरचना समेत ध्वस्त भएका छन् । यस प्रान्तको कम्तिमा ६० प्रतिशत भागमा विद्युत कटौती भएको छ । यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार ०६:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।