जर्मन बुण्डेस लिगाको उपाधि लगातार आठौँ पटक जित्नका लागि बार्यन म्युनिखले अब एक मात्र जित निकाले हुने भएको छ ।,लिग अन्तर्गत शनिबार राति भएको खखेलमा बोरुसिया मोनचेङ्ग्लड्बाचलाई पराजित गर्दै बार्यन म्युनिख उपाधिबाट एक जित मात्रै पर पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले २–१ को जित दर्ता गरेको हो । उसको जितका लागि ८६ औँ मिनेटमा लियोन गोरेट्ज्काले गरेको गोल निर्णायक बन्यो ।
२६ औँ मनिेटमा जिरक्जीले गोल गरेर बार्यनलाई सुरुवाति अग्रता दिलाएका थिए । तर ३७ औँ मिनेटमा बार्यनका पाभार्डले आत्मघाती गोल गरेपछि बोरुसिया मोनचेङ्ग्लाड्बाचको खातामा पनि एक गोल भयो ।अन्तिम समयमा गोरेट्ज्काले गोल गरेर बार्यनलाई जित दिलाएका हुन् । अब एक खेलमा जित निकाले बार्यन उपाधि विजेता हुनेछ । जितपछि बार्यनको ३१ खेलबाट ७३ अंक भएको छ ।
शनिबार राति नै भएको खेलमा डुसेल्डोर्फलाई १–० ले पराजित गरेको दोस्रो स्थानको को समान ३१ खेलबाट ६६ अंक भएको छ ।



















प्रतिक्रिया