Logo

खेलकुद

एथ्लेटिको मड्रिड बराबरीमै रोकियो



स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा एथ्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड एथ्लेटिको बिल्बाओसँग १–१ को बराबरीमा रोकिएको हो ।

३७ औँ मिनेटमा मुनिएइनले गोल गर्दै एथ्लेटिको बिल्बाओलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि डिएगो कोस्टाले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे ।

उनले सन् २०२० मा पहिलो गोल गरेका हुन् । बराबरीपछि एथ्लेटिको मड्रिडको २८ खेलबाट ४६ अंक भएको छ र उ छैटौँ स्थानमा रहेको छ ।

आइतबार राति नै भएको खेलमा रियल सोसिडाड र ओसासुनाले १–१ को बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार ०६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।