Logo

समाचार

नेपाल एयरलाइन्सले हङकङबाट सुटुक्क ल्यायो ७ यात्रु, कागजपत्र नहुँदा एयरपोर्टमा अलपत्र



नेपाल एयरलाइन्सले हङकङबाट सुटुक्क ७ यात्रु लिएर आएको छ ।

नेपालबाट चार्टर्ड गरेर हङकङ पुगेको नेपाल एयरलाइन्सले ७ जना यात्रु लिएर आएपनि उनीहरुबारे सरकार बेखबर हुँदा विमानस्थलमा अलपत्र रहेको स्रोतले जानकारी दियो। यसअघि नेपाल एयरलाइन्सले जापान र अस्ट्रेलियाबाट पनि नेपाली यात्रु सुटुक्क ल्याएको थियो ।

हङकङबाट आएका नेपालीहरुको स्वास्थ्य परिक्षणको कागजात नभएको र त्रिभुवन विमानस्थलमा पनि स्वास्थ्य परिक्षणको व्यवस्था नभएकाले अलपत्र अवस्थामा रहेको अध्यागमनका एक अधिकारीले जानकारी दिए। सरकारले विदेशबाट नेपालीको यात्रु उद्धार खुला गरेपनि कुटनीतिक माध्यमबाट अनुमतीलाई अनिवार्य बनाएको छ ।

नेपाल फर्कन चाहनेका लागि प्राथमिकता निर्धारण गरिएको छ भने एक सातायताको स्वास्थ्य परिक्षण गरि कोरोना संक्रमित नरहेको कागजात उपलब्ध गराउनुपर्ने भनिएको छ । सरकारले आइतबारदेखि आफै बिमान पठाएर नेपालको उद्धार गर्न सुरु गरेको छ । हवाई टिकट र होटल क्वारेन्टाइनमा बस्ने भए त्यसको खर्च यात्रु आफैले ब्यहोर्नुपर्ने सरकारको निर्णय छ ।

नेपालमा आईसकेपछि उनिहरुलाई व्यवस्थापन गर्ने जिम्मा नेपाल आर्मीलाई दिइएको छ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार ११:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।