Logo

खेलकुद

बायर्न म्युनिखलाई लगातार आठौँ सिजन जर्मन बुण्डेस लिगा उपाधि



साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुण्डेस लिगाको उपाधि जितेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेर्डर ब्रेमेनलाई १–० ले पराजित गरेसँगै बार्यनले यो सिजनको उपाधि पक्का गरेको हो ।

अवे मैदानमा भएको खेलमा बार्यनका लागि ४३ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै सिजनको उपाधि दिलाउनका लागि निर्णायक बन्यो ।

लेवान्डोस्कीले यो सिजन लिगनमा अहिलेसम्म ३१ गोल गरिसकेका छन् । यो खेलमा बार्यनका अल्फोनसो डेविस ७९ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

बुण्डेस लिगामा लगातार ११ औँ जित निकालेको बार्यन लिगका तीन खेल बाँकी हुँदा दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भन्दा १० अंकले अघि रहेर उपाधि पक्का गरेको हो । बार्यनको ३२ खेलबाट ७६ तथा डर्टमुण्डको ३१ खेलबाट ६६ अंक भएको छ ।

 

प्रकाशित मिति : ३ असार २०७७, बुधबार ०६:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।