Logo

अन्तर्राष्ट्रिय

भारत चीन विवाद: भारतीय प्रधानमन्त्री मोदीले बोलाए सर्वदलीय बैठक



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक बोलाएका छन् ।

लद्दाखस्थित चीनसँगको सीमाक्षेत्र गलवान घाँटीमा चिनियाँ सेनासँगको भिडन्तका क्रममा २० जना भारतीय सैनिक मारिएपछि मोदीले बैठक बोलाएका हुन् ।

शुक्रबार साँझ ५ बजे बोलाएको भर्चुअल बैठकमा सबै पार्टीका अध्यक्षहरूले भाग लिनेछन् । भारतीय सैनिक मारिएको घटनापछि विपक्षी भारतीय कांग्रेसले लगातार सीमाक्षेत्रमा भएको घटनाको वास्तविकता जानकारी गराउन माग गर्दै आएको छ ।

भारतका अन्य राजनीतिक दलहरूले सीमाका विषयमा सरकारले गर्ने हरेक निर्णयको समर्थन गर्ने बताएका छन् ।

यसअघि चीनले बुधबार नै गलवान घाँटी सधैँ चीनको स्वामित्वमा रहेको भन्दै सो क्षेत्रमा थप युद्ध नचाहेको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार १४:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।