न्याय निदाएको भन्दै मध्य रातमा नेपाल विद्यार्थि संघले माइतघरमा प्रदर्शन गरेका छन् । विहिबार राती टर्च लाइट बालेर न्याय खोज्न भन्दै ३० जनाको टोली माइतीघरदेखि सिंहदरवार हुँदै संसद भवनसम्म पुगेको थिए ।
रातको १२ बजे निकालिएको यो नौलोखाले विरोध जुलस थियो । न्याय निदाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले आन्दोलनको फरक शैली अपनाएका हुन् ।

सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन निदाएकाले ब्युझाउनका लागि आन्दोलन गरेको उनीहरुको भनाइ थियो। जनतासमेत नउठेको भन्दै मध्य रातमा उनीहरुले यस्तो कार्यक्रम गरेका हुन् ।
रुकुममा युवाहरुको हत्याको विषय, क्वारेन्टाइनमा बलात्कार भएको विषय तथा कोरोना संक्रमणले तिब्र गति लिँदा पनि सरकारको सुस्ततालाई लिएर उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।



















प्रतिक्रिया