Logo

खेलकुद

सेभिया र बार्सीलोना भिड्दै, बार्सिलोना जित्नैपर्ने दबाबमा



स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (शुक्रबार) राति विभिन्न तीन खेल हुँदै छन् । आज हुने खेलमा शीर्ष स्थानको बार्सिलोनाले तेस्रो स्थानको सेभियासँग प्रतिस्पर्धा गर्दै छ । सेभियाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । आजको खेलमा जित निकाले बार्सिलोनालाई शीर्ष स्थानमा पाँच अंकको अग्रता मिल्नेछ । २९ खेल खेलेको बार्सिलोना ६४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेलेको रियल ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

सेभिया पनि आजको खेलमा बार्सिलोनालाई हराउँदै आफूलाई लिगमा बलियो बनाउने योजनामा छ । २९ खेल खेलेको सेभियाको ५१ अंक छ । आजै हुने अर्काे खेलमा मालोर्काले लेगानेससँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल राति ११ः४५ मा सुरु हुनेछ । सोही समयमा ग्रानाडाले भिल्ला रियलसँग प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार १९:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।