Logo

स्वास्थ्य

७६ जिल्लामा पुग्यो कोरोना संक्रमण, ओखलढुंगामा पनि एकजनामा संक्रमण पुष्टि



विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि बढ्दो क्रममा रहेको छ ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । नेपालका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । आइतबार ओखलढुंगा जिल्लामा कोरोना संक्रमित भेटिएसँगै अब कोरोना संक्रमण नपुगेको जिल्ला रसुवा मात्रै रहेको छ ।

एक हप्ता अगाडि भारतबाट फर्किएका ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ कार्यलयका अनुसार रुम्जाटारका प्रमुख सुमन तिवारीले आज पिसीआर परिक्षण गरिएका ६ जनामध्ये एकजना युवाको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन् ।

कोरोना संक्रमण पुष्टि भएका युवा सुरक्षीत तवरले क्वारेन्टिनमा रहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आईतवार २१:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।