Logo

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मृत फेला



चितवन राष्ट्रिय निकुञ्जमा आज एक गैँडा मृत फेला परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिकास्थित गिद्धेनी पोष्ट नजिक मृत गैँडा फेला परेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार करिब ३० वर्षको भाले गैँडा मृत अवस्थामा भेटिएको छ । गैँडाको खागखुर भने सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो । गैँडा बुढो भएर मरेको अनुमान गरिएको उनले बताए । 
 
निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैँडा मरेका छन् । तीमध्ये चार वटा चोरी शिकारले मारेका हुन् भने अन्य प्राकृतिक कारणबाट मरेका हुन् ।

पछिल्लो गणनाअनुसार नेपालमा ६४५ गैँडा छन् तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६०५ गैँडा छन् । यस वर्ष गैँडाको गणना गर्ने तयारी गरिएको छ । 

प्रकाशित मिति : फाल्गुन ३, २०७७ मंगलबार  ६ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।