Logo

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

निगमको मंगलबार बसेको बैठकले राति १२:०० बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको खुद्रा बिकि मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो । यसअघि निगमले पेट्रेलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।

मूल्य बढेपछि काठमाडाैंमा निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको आन्तरिकतर्फको नयाँ खुद्रा विक्रि मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर जानकारी दिएका छन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ९ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।