मदन कृष्ण श्रेष्ठको स्वरमा ‘फूलबुट्टे सारी’ गीतको लेजेन्ड भर्सन सार्वजनिक भएको छ । भिडियोमा मदनकृष्ण र मिथिला शर्माको अभिनय रहेकोको छ ।
राजनराज सिवाकोटीको शब्द र सङ्गीत रहेको गीत यसअघि मेल, फिमेल र चाइल्ड भर्सनमा लोकप्रिय भइसकेको छ। यसअघि सार्वजनिक भएको मेल भर्सनमा मार्मिक लामा, फिमेल भर्सनमा मिलन नेवार र चाइल्ड भर्सनमा आरिश्मा सिवाकोटीले स्वर दिएका थिए।
भिडियो उत्सव दाहालले खिचेका हुन् भने निर्देशन राजेश पुमा राईले गरेका हुन्।
प्रतिक्रिया