Logo

लक्की मिडिया हाउसको बार्षिकोत्सवमा नायक बिपिन  र नायिका आँचललाई सम्मान



नेपाली चलचित्र क्षेत्रका चर्चित नायक बिपिन कार्की र नायिका आँचल शर्मा चितवनमा सम्मानित भएका छन् । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको गौरवमय पांँचौ बार्षिकोत्सवको अवसरमा नायक बिपिन कार्की र नायिका आँचल शर्मालाई सम्मान गरिएको हो ।

नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै नायक कार्की र नायिका शर्मालाई सम्मान गरिएको लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की लक्कीले  बताए । बार्षिकोत्सव कार्यक्रममा नायक कार्की र नायिका शर्मालाई कार्यक्रमका प्रमुख अतिथि पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांँग्रेसका केन्द्रीय सदस्य गगन थापा, विशिष्ट अतिथि वरिष्ठ कलाकार नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी , समाजसेवी र खेलाडीहरु पनि सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव आदरणीय चेतबहादुर सिंह ‘राजा’ ,नेपाली कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी, काँग्रेसका युवा नेता राजकुमार राजभण्डारी लगायत उद्योगी व्यवसायी, नेताको सहभागिता रहेको थियो । सो अवसरमा साहित्यकार झमक घिमिरेद्धारा लिखित नेपाली कथानक चलचित्र ‘जीवन काँडा की फूल’ प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ५ : ०५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।