Logo

चलचित्र ‘गोर्खे’को ट्रेलर सार्वजनिक



सन्तोष ढकालद्वारा निर्देशित चलचित्र ‘गोर्खे’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र यही फागुन एक्काइस गतेबाट नेपालभर प्रदर्शनमा आउने छ। कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तीर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको चलचित्रमा ‘गोर्खे’ बन्ने सपना बोकेका ५ युवाको कथा छ ।

चलचित्रमा रविन्द्रप्रताप सेन, अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठ, बाल्दिप राईलगायतको समेत अभिनय रहेको छ।काजी लिम्बुको कथा रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायाङ्कन, मित्र डी गुरुङको सम्पादन, छिन्दु पाख्रिन र हरि लम्सालको सङ्गीत छ । चलचित्रमा गोरखालीको बहादुरीको गाथा समेटिएको छ।

प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार  ५ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।